कांग्रेस सांसद सिंहद्वारा पशुपति शर्मालाई २५ हजार पुरस्कार दिने घोषणा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गायक पशुपति शर्मालाई २५ हजार पुरस्कार दिने घोषणा गरेका छन् । 

सोमवार दिउँसो १ बजे बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद डा. अमरेशकुमार सिंहले गायक शर्मालाई सो दिने घोषणा गरेका हुन् । उनले फागुन महिनाको पारिश्रमिक दिने बताएका हुन् । 

पशुपति शर्माले गाएको लुट्न सके लुट कान्छा बोलको गीतमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठनले गरेको विरोधप्रति लक्षित गर्दै सांसद सिंहले पुरस्कार घोषणा गरेका हुन् ।

दुई तिहाइ सरकारको विरोधमा गीत बनाउन पाइन्छ भनेर सरकारले प्रतिबन्ध लगाउन खोजेको पनि उनले आरोप लगाउदै उनले भने, ‘त्यस्तोलाई त मुखमा ताला लगाउनुपर्छ, सुन्नेलाई कानमा मर्करी या सीसा पगालेर राख्नुपर्छ सरकारको यस्तो बुझाइले लोकतन्त्र कहाँ हो ?’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?