नेपाली युवा फुटबल टोली भारत प्रस्थान

काठमाडौं । एन्फाको यू-२१ फुटबल टिम डा ता आओ फुटबल च्याम्पियनसिप खेल्न भारत प्रस्थान गरेको छ । 

नेपाली टिम सोमवारै  भारतको गुहावटी प्रस्थान गरेको हो । अखिल नेपाल फुटबल संघ एन्फाले च्याम्पियनसिपमा सहभागि जनाउने २० सदस्यीय टोलीको विदाई गरेको हो ।

गुवाहाटी जाने टोलीमा २० खेलाडी र ८ अफिसियल रहेका छन् । प्रतियोगिता फेब्रुअरी १९ देखि २८ सम्म चल्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?