स्ववियु चुनाव चैत महिनाभित्र गर्न शिक्षामन्त्री पोखरेलको प्रस्ताव

काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैत महिनाभित्र स्ववियु चुनाव गर्न प्रस्ताव गरेका छन् । 

सोमवार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले चैतभित्रै स्ववियु चुनाव गराउनु पर्ने बताएका हुन् । साथै उनले प्रतिपक्षी दल यसका लागि तयार हुनुपर्ने बताए ।

तर, नेपाली कांग्रेसले आफ्नो भातृ संगठन नेविसंघ भित्र विवाद रहेको भन्दै स्ववियु चुनाव पछि सार्न प्रस्ताव गरेको छ ।

जवाफमा शिक्षामन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले स्ववियु चुनावको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सरोकारवालासँग छलफल गरिसकेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?