दुर्घटनामा घाइते भएका प्रमुख जिल्ला अधिकारी भट्टराईको निधन

काठमाडौं । बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईएको आज निधन भएको छ । 

सडक दुर्घटनामा परी घाइते भएका प्रमुख भट्टराईको उपचारका क्रममा आज (सोमवार) काठमाडौं त्रिवि शिक्षण अस्पतालम निधन भएको हो । 

प्रमुख जिल्ला भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलचढेको गाडी गत माघ ११ गते बाराको पथलैयामा ट्याक्टरको ट्रलीसाग ठोक्किएको थियो । 

पिकनिक खाएर कलैयाबाट निजगढ फर्कने क्रममा ना १ झ १६३३ नम्बरको स्कर्पियो गाडी दुर्घटनामा परेको थियो ।

एसपी पोखरेलको घटनास्थलमै ज्यान गएको थियो भने भट्टराई गम्भीर घाइते भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?