राजसंस्थाबारे हेटौँडाबाट आयो यस्तो खुलासा

हेटौँडा । राजसंस्थाबादी बृहत समूहका केन्द्रीय संयोजक किशोरी महत्तोले राजसंस्थालाई राख्ने सहमति भएको बताएका छन् । आज हेटौँडाको न्यूज क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा बोल्दै संयोजक महत्तोले तात्कालिन राजा ज्ञानेन्द्र र दलहरुसँग राजसंस्था राख्ने सहमति भएको दाबी गरे । उनले उक्त कागज अब चाँडै नै जनताको हातहातमा हुने दाबी समेत गरे । 

पत्रकार सम्मेलनमा बोल्दै उनले राजाको सहयोगलेनै गणतन्त्रको आन्दोलन सफल भएको बताए । यदि राजाले चाहेको भए दमन गरेर भएपनि राजसंस्था जोगिने बताए । उनले तत्कालिन गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल सहितको नेतासँग आन्तरिम संविधानमा राजतन्त्र राख्ने सहमति भएको बताए । 

राजालाई हटाएर नेपालको राजनीतिक दलहरुले धोका दिएको भन्दै उनले त्यतिबेला राजा ज्ञानेन्द्रलाई निरिह बनाएको दाबी गरे । उनले त्यो बेला राजतन्त्रको विषयमा बोल्दै कोहिपनि नहुँदा समस्या भएको भन्दै अब उक्त समयको खुलासा चाँडै हुने दाबी गरे । देशलाई एकजना सर्वमान्य नेता आवश्यक रहेको र त्यो राजामात्र संघव भएको उनले बताए । आफुहरुले प्रजातान्त्रीक राजसंस्थाको परिकल्पना गरेको समेत बताए ।

कार्यक्रममा बोल्दै राजसंस्थाबादी बृहत युवा मोर्चाका केन्द्रीय प्रतिनिधि महेश मगरले राजाविना देशको विकास र समृद्धि संभवन नभएको बताए । राजा नहुँदा देशमा लुटतन्त्र मच्चीएको भन्दै उनले राजाको विकल्प नभएको समेत दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?