‘डेमोक्रेसी’को विकल्प बेटर डेमोक्रेसी ’

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले ‘डेमोक्रेसी’को विकल्प बेटर डेमोक्रेसी ’ भन्दै विकल्प ‘अटोक्रेसी ’नभएको स्पष्ट गरेका छन् । फागुन ७ नेपालको लागि ऐतिहासिक महत्वको दिन भएकाले त्यसलाई त्यही रुपमा मनाउन उनले सबैमा आग्रह गरे ।
६९ औँ प्रजातन्त्र दिवसको अवसरमा नेता नेपालले फागुन ७ को प्राप्तिमा जनताको लामो सङ्घर्ष र बलिदानी रहेको बताए।
 विसं २००७ साल फागुन ७ गते प्राप्त प्रजातन्त्रको स्मरणमा मङ्गलबार देशभर ६९ औँ प्रजातन्त्र दिवस मनाइँदै छ । सरकारले प्रजातन्त्र दिवस भव्यताकासाथ मनाउन आव्हान गरेको छ ।
१०४ वर्षे जहाँनिया राणा शासनको अन्त्यका लागि विभिन्न शक्ति र जनताको संयुक्त सङ्घर्षको योगदान रहेको उनले चर्चा गरे ।
तत्कालिन प्रजापरिषद्, नेपाली काँग्रेस, कम्युनिस्ट पार्टी, नागरिक समाज, जनताको संयुक्त योगदानको उपज प्रजातन्त्र रहको उनले स्मरण गरे । प्रजातन्त्र प्राप्तिका निम्ति गरिएका बलिदानीको सदैव कदर हुनुपर्ने उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?