‘आइसीसी’ विश्वकप क्रिकेट छनोट : नेपालले मलेसियाविरुद्ध टस जितेर ब्याटिङ गर्दै

काठमाडौं । ‘आइसीसी’ महिला विश्वकप क्रिकेट अन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्धन्दी मलेसियासँग भिड्दै छ । 

यी दुई टिमबीचको खेल बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा भइरहेको छ । अहिले नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ । मेलसियाविरुद्धको खेलमा नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गर्ने तयारीमा छ ।

यसअघि टी-ट्वान्टी स्म्यास क्रिकेटको भेटमा नेपालले मेलसियालाई ६ विकेट पराजित गरेको थियो ।

राउण्ड रोबिनको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?