वैद्य माओवादीले चार जिल्लाबाट एकसाथ मेची–महाकाली अभियान शुरु गर्दै

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी (माओवादी)ले आज (मंगलवार)देखि काठमाडौंसहित चार जिल्लाबाट मेची–महाकाली अभियान शुरु गर्दैछ । 

आज काठमाडौं, कञ्चनपुर, झापा र कास्कीबाट मेची–महाकाली अभियानको एकसाथ शुरुवात गर्न लागेको हो । 

मंगदवार दिउँसो २ बजे काठमाडौंको शान्तिवाटीकाबाट क्रान्तिकारी माओवादीको महासचिव मोहन वैद्य ‘किरण’ले अभियानको उद्घाटन गर्ने भएका छन् । 

यसैगरी देशभक्त गणतान्त्रिक मोर्चाका संयोजकसमेत रहेका सीपी गजुरेलले झापामा, स्थायी समिति सदस्य परी थापाले कञ्चनपुरमा र अर्का स्थायी समिति सदस्य रामसिंह श्रीषले कास्कीको पोखराबाट अभियान उदघाटन गर्ने कार्यक्रम तय भएको क्रान्तिकारी माओवादीले जानकारी दिए । 

यसैगरी फागुन २१ गते चितवनमा भेला भएर यो अभियान समापन गरिने नेकपा क्रान्तिकारी माओवादीका कार्यालय सचिव हरिकृष्ण गजुरेलले जानकारी दिए ।

साथै जनआन्दोलन दिवसको सन्दर्भ पारेर आगामी चैत २४ गते देजमोले काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय समेत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?