‘आइसीसी’ विश्वकप क्रिकेट छनोट : नेपालद्वारा मलेसियासामु १ सय २७ रनको चुनौती प्रस्तुत

काठमाडौं । ‘आइसीसी’ महिला विश्वकप क्रिकेट अन्तर्गत एशिया छनोटको खेलमा नेपालले मलेसियालाई १ सय २७ रनको चुनौती प्रस्तुत गरेको छ । 

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा एक सय २६ रनको योगफल तयार पारेको थियो । 

नेपालका लागि ओपनरब्याट्स विमेनद्धय काजल श्रेष्ठ रु उपकप्तान सिता रानामगरले ५८ रनको साझेदारी खेलेका थिए । काजल १६ रनमा आउट भएकी थिइन् । त्यस्तै सिता सर्वाधिक ४३ रन बनाउँदै पेभेलियनमा फर्किन । उनले ४० बलमा २ चौका प्रहार गरेकी थिइन् । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी इन्दु बर्मा मात्र १३ रन जोडेर आउट भइन ।

नेरी थापा ६ रनमा आउट हुँदै पेभेलियनमा फर्किन । ममता चौधरीले भने खाता नै खोल्न सकिनन् । कप्तान रुबिना क्षेत्रीले ३३ रन तथा सरिता मगरले १ रन जोडिन । 

मलेसियाका लागि जुमिका अज्मी, सासा अज्मी र दुराईसिङमले समान एक-एक विकेट हात पारिन् । यसअघि टी-ट्वान्टी स्म्यास क्रिकेटको भेटमा नेपालले मेलसियालाई ६ विकेट पराजित गरेको थियो ।

राउण्ड रोबिनको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?