गायक ढकाल कसलाई भन्दै छन् ‘सातौं जनम’

काठमाडौं । गायक सम्पथ ढकाल ‘सन्तोष’को ‘सातौं जनम’ बोलको गीत सार्वजनिक भएको छ । 

गायक ढकालकै शब्द तथा संगीत रहेको यस गीतलाई दीपक अधिकारीले निर्देशन गरेका हुन् ।  प्रेम भाव समेटिएको यस भिडियोलाई विशाल निरौलाको एरेन्ज तथा मिक्सिङ रहेको छ । 

उक्त गीतको भिडियोमा आवाज गुरुङ तथा सुशिक्षा पराजुली फचिर्ड छन् । भिडियो सम्पादन विजयराज भुर्तेलले गरेका छन् । 

वासु बरालद्वारा छायांकन गरिएको उक्त भिडियोमा नगरकोटका रमणीय दृष्यहरु समावेश गरिएको छ ।

भिडियोलाई विजयराज भुर्तेलले सम्पादन गरेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?