पुँजी बजारको विषयमा छलफल गर्न अर्थ समितिले बोलायो बैठक

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले पुँजी बजारको विषयमा छलफल गर्न सम्बन्धित सरोकारवालालाई बोलाएको छ ।

पछिल्लो समय घट्दै गएको पुँजी बजारको विषयमा छलफल गर्न सिंहदरबारमा आज बिहान ११ बजे सम्बन्धित सरोकारवालालाई बोलाइएको हो । 

बैठकमा अर्थमन्त्रीसहित धितोपत्र बोर्ड, नप्से, बैंकर्स संघ, मर्चेन्ड बैंकर्स, ब्रोकर्स संघका प्रतिनिधिलाई बोलाएको समिति सचिवालयले जनाएको छ । यस्तै पुँजीबजार क्षेत्रका विज्ञलाई पनि छलफलका  लागि बैठकमा बोलाएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?