सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । 

मंगलवर न्यायाधीश जोशीले प्रधानन्याधीश चोलेन्द्र समशेर जबरामार्फत राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । 

प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परेका जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकृत गरेको थियो । जोशीको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो । 

२०६३ को अन्तरिम संविधान जारी भएपछि व्यवस्था गरिएको संसदीय सुनुवाइबाट अस्वीकृत हुने जोशी पहिलो न्यायाधीश हुन् ।

न्यायाधीश जोशीले राजीनामा नदिए केही सांसदहरुले महाअभियो लगाउने तयारीसमेत गरेको थियो । 

लामो समय घरबिदामा बसेका जोशी ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियक्त भएपछि सर्वोच्च अदालत फर्किएका जोशीलाई कानूनमन्त्रीइको मध्यस्थतामा इजलाश दिइएको थियो । 

तर, प्रधानन्यायाधीश चोलेन्द शमशेरले जोशीको जिम्मेवारी समेत खोसेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?