राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने गरी गोलमेच सम्मेलन गर्न माग राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानविन गर्न माग गरेको छ । 

मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाउँदै राप्रपा अध्यक्ष कमल थापाले २०४७ सालयताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न माग गरेका हुन् । 

राप्रपाले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रको बुँदानम्बर ७ (छ)मा लेखिएको छ, ‘२०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न न्यायिक छानविन आयोग गठन गरियोस् ।’
यसैगरी राप्रपाले बुझाएको मागपत्रमा राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने गरी गोलमेच सम्मेलन गर्न माग गरिएको छ । 

‘राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गरियोस्,’ राप्रपाको मागपत्रमा लेखिएको छ ।

‘धर्मनिरपेक्षता खारेज गरी हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने, संघीयतामा जनमत संग्रह गर्नुपर्ने, मेलम्ची र वाइडबडी जहाजमा भएको अनियमितता छानबिन गरी कारवाही गर्नुपर्ने’ राप्रपाले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा लेखिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?