युनिभर्सल पावर कम्पनीको आईपिओ बिक्यो

काठमाडौं । युनिभर्सल हाइड्रो पावर कम्पनीको सबै साधारण शेयर ‘आईपीयो’ ब्रिकी भएको छ । 

हाइड्रोपावरको ‘आईपिओ’मा मंगलवार बिहानसम्ममा एक लाख एक हजार ९६ वटा आवेदकले ८८ लाख ८९ हजार ६ सय २० कित्ताका लागि माग गरेका छन् ।

सबै शेयर बिक्री भएकाले बिक्री प्रबन्धकले बुधवार कम्पनीको शेयर निष्काशन बन्द गर्ने तयारी गरेको जनाएको छ ।

इच्छुक लगानीकर्ताले कम्पनीको ‘आईपिओ’मा न्यूनतम ५० देखि अधिकतम ५० लाख कित्तासम्म मेरो शेयर तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति सदस्यता लिएको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सि–आश्वा प्रणाली मार्फत आवेदन दिन सक्ने जनाएको छ । 

युनिभर्सलको आईपिओलाई इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ्ग दिएको छ। जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको बुझिन्छ ।

युनिभर्सल पावरले माघ २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुबाट अवितरित १७ लाख ६६ हजार १५० कित्ता समेत कूल ९३ लाख २७ हजार ४१० कित्ता आईपिओ सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो ।

जसमध्ये एक लाख ८६ हजार ५४८ कित्ता शेयर कर्मचारीहरुलाई र ४ लाख ६६ हजार ३७० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ८६ लाख ७४ हजार ४९२ कित्ता आईपिओ सर्वसाधारणमा बिक्रीमा ल्याएको हो।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?