अमेरिका–चीन व्यापार वार्ता मङ्गलवारदेखि शुरु हुन्छ: ह्वाइट हाउस

वासिङ्टन । संयुक्तराज्य अमेरिका र चीनबीच करवृद्धिको विवाद अन्त्य गर्नेगरी व्यापार वार्ता वासिङ्टनमा मङ्गलबारदेखि शुरु हुने ह्वाइट हाउसले घोषणा गरेको छ । 

बेइजिङमा यसअघि भएको वार्ता विना सहमति टुङ्गिएको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता “अत्यन्त सकारात्मक” रुपमा अघि बढेको बताउँदै आगामी मार्च १ तारिखको समयसीमा बढाउन आफू तयार रहेको जानकारी गराएका थिए । 

मङ्गलबारदेखि हुने वार्तामा अमेरिकी टोलीको नेतृत्व व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले गर्नुभएको छ भने वार्तामा अर्थमन्त्री स्टिफेन मचिन, बाणिज्यमन्त्री विल्बर रोस, आर्थिक नीति सल्लाहकार ल्यारी कड्लो तथा व्यापार सल्लाहकार पिटर नाभारो सहभागी छन् । 

चीनको बाणिज्य मन्त्रालयले चिनीया पक्षको नेतृत्व उपप्रधानमन्त्री लिऊ हे ले गरेका छन् । 

गत शुक्रबार राष्ट्रपति ट्रम्पले वार्तामा सकारात्मक नतिजा आउने सम्भावना देखिए २०० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा तत्कालै २५ प्रतिशत करवृद्धि नगरिने दोहो¥याउनु भएको छ । 

अमेरिकी प्रविधि चोरी भएको, चिनीया बजार पश्चिमा मुलुकका लागि पर्याप्त रुपमा खुला नभएको तथा चीनले अमेरिकी रोजगार खोस्न चिनीया कम्पनीलाई बढी छुट र अनुदान दिएको अमेरिकाले आरोप लगाउँदै आएको छ । 

विश्व अर्थतन्त्रमा पहिलो र दोस्रो स्थानमा रहेका अमेरिका र चीनबीचको व्यापार युद्धले विश्व आर्थिक वृद्धि र बजारमा ठूलै हलचल ल्याएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?