सीएमसी काममा नर्फिएपछि तनहुँ हाइड्रोपावरले तोड्यो ठेक्का सम्झौता

काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले पनि इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । 

मंगलवार तनहुँ हाइड्रोपावर लिमिटेडले सीएमसीलाई टर्मिनेसन लेटर दिएको हो । 

मेलम्ची आयोजनाको काम छाडेर गत मंसिर २९ गते स्वदेश फर्किएका सीएमसीसँग सरकारले यसअघिनै ठेक्का रद्द गरेको थियो । 

तनहुँ हाइड्रो पावर लिमिटेडका प्रवन्ध सञ्चालक प्रदिपकुमार थिकेका अनुसार सीएमसीलाई कम्पनीले साइटमा काम थाल्न २८ दिनको समयसिमा तोकिएको थियो । तर, शुक्रवारसम्मको समयसीमामा सीएमसी काममा नफिर्कएपछि ठेक्का रद्द गरिएको जानकारी दिए ।

'सम्झौता रद्द भएपछि अब नयाँ तरिकाबाट कम्पनी छनोट हुन्छ' उनले भने । कम्पनीसँग २० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करसहित)मा खरिद सम्झौता भएको थियो ।
 

१४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना (हेड वक्र्स) निर्माणका लागि इटालियन कम्पनी सिएमसी छनोट भएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?