न्यायाधीश जोशीको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले दिएको राजीनामा स्वीकृत गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम सो राजीनामा स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

वरिष्ठतम् न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।  

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उनले सर्वोच्च अदालतमा काम गरिरहेका थिए । 

प्रधानन्यायाधीश जबरा नियुक्त भएसँगै उनलाई न्याय सम्पादनको जिम्मेवारीबाट मुक्त गरिएको थियो । लामो समेय बिदामा बसेका जोशीको  कार्यकाल आगामी जेठसम्म थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?