काठमाडौं । तेश्रो एशियाली रोलबल च्याम्पियनसिपमा सहभागी हुन २० खेलाडीसहित २३ सदस्यीय नेपाली टोली आज ‘बुधवार’ भारतको कर्नाटक प्रस्थान गरेको छ ।
भोली ‘बिहीवार’देखि आइतवारसम्म हुने प्रतियोगितामा सहभागी हुने पुरुष टोलीमा मनोज वज्राचार्य, अभिषेक मानन्धर, आशय विसी, विशाल सापकोटा, हुमान गुरुङ, उज्ज्वल महर्जन, राहुल खत्री, राज श्रेष्ठ, अश्विन ओझा र विजय खनाल रहेका छन् ।
त्यस्तै महिला टोलीमा आश्मा रायमाझी, पासाङ शेर्पा, सुनिता तामाङ, आश्था सिंह, विटिशा महर्जन, पूजा लामा, अब्जुसिंह महर्जन, प्रेसिका बोहरा, रिक्का ढकाल र अग्रिमा पोखरेल छन् ।
अफिसियलमा रोलबल संघका अध्यक्ष वीरकृष्ण महर्जन, डिकेश प्रधान र चन्द्रकुमार महर्जन रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया