च्याम्पियन्स लिग फुटबल : २५ सट प्रहार गर्दा पनि बार्सिलोनाले गोल गर्न सकेन

एजेन्सी । स्पेनी क्लब बार्सिलोनाले जारी ‘युइएफए’ च्याम्पियन्स लिग फुटबलको प्रि क्वाटरफाइनल खेलमा लियोनसँग बराबरी खेलेको छ । 

मंगलवार राति सम्पन्न भएको खेलमा प्रि-क्वाटरफाइनलको पहिलो लेगको खेलमा ला लिगाको उपाधि होडमा रहेको बार्सिलोनो लियोनसँग गोलरहित बराबरी खेलको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफसम्म दुवै क्लबले गोल गर्न भने सकेको थिएन ।

बार्सिलोनाका स्टार स्ट्राइकर लियोनेल मेस्सी। लुइस सुआरेज र फिलिप कौटिन्होको उत्कृष्ट प्रहार लियोनका गोलरक्षक एन्थोनी लोपिसले बिफल पारे । निर्धारित समयसम्म बार्सिलोनाले २५ सट लियोनको पोष्टमा प्रहार गरेपनि गोल गर्न भने असफल भयो ।

अब दोस्रो लेगको खेल आगामी मार्च १३ तारिखमा बार्सिलोनाको घरेलु मैदानमा क्याम्प नाउमा हुनेछ । 

त्यस्तै मंगलवार राति र्नै भएको अर्को खेलमा लिभरपुलले बार्यन म्युनिखसँग गोलरहित बराबरी खेलेको छ ।

खेलको पहिलो हाफ र निर्धारित समयसम्म दुवै टिमले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेनन् र खेल गोलरहित बराबरीमा सकियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?