युभेन्ट्सका मिडफिल्डर खेदिरालाई मुटुको समस्या

एजेन्सी । युभेन्ट्सका मिडफिल्डर सामि खेदिराको मुटुको धडकनमा समस्या देखेको छ । 

उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार मिडफिल्डर खेदिराको मुटुको धडकनमा समस्या देखिएपछि केही दिनको आराम दिइएको छ । उनले आज ‘बुधवार’ राति च्याम्पियन्स लिग फुटबल अन्तर्गत स्पेनी क्लब एथ्लेटिको म्याड्रिडविरुद्धको खेल गुमाउने छन् ।

अनियमित मुटुको धडकनका कारणलाई उनलाई पछिल्लो समय रिगंटा लाग्ने, श्वास फेर्न गाह्रो हुने तथा चाडै थकान महसुस हुने समस्या देखिएको थियो । 

३१ वर्षे खेदिराले यो सिजनमा घाइते हुँदै १५ खेल मात्र खेलेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?