प्रधानमन्त्री ओलीले आज सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । 

दुईदिने सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बुधवार बिहान बस्ने  सुदूरपश्चिमको प्रदेशसभा बैठकलाई सम्बोन गर्ने भएका हुन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको विकासलाई प्राथमिकता दिनु हुने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 

प्रदेशसभालाई सम्बोधन गर्ने विषयलाई लिएर पार्टीका स्थानीय कमिटिहरुबीच विवाद भएको थियो । पार्टीभित्र विवाद भएपछि प्रधानमन्त्रीको भ्रमण ढिलो गरि भएको हो ।   

प्रधानमन्त्री ओलीले यसअघि प्रदेश १, २, ३, गण्डकी र प्रदेश ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गरिसकेका थिए । 

प्रधानमन्त्री ओलीले आज सुदूरपश्चिम प्रेदशसभालाई सम्बोधन गरेपछि कर्णाली प्रदेशसभालाई सम्बोधन गर्न बाँकी हुनेछ । सुदूरपश्चिमका विभिन्न कार्यक्रममा सहभागीता जनाउन प्रधानमन्त्री ओली मंगलवार धनगढी पुगेका थिए । 

मध्यान्ह १२ बजे नेकपाका सुदूरपश्चिम स्तरीय कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली मंगलवार पनि दिनभर विभिन्न कार्यक्रममा सहभागी भएका थिए । 

प्रधानमन्त्री ओली आज साँझ काठमाडौं फर्किने कार्यक्रम रहेको प्रेस संयोजक अधिकारीले जानकारी दिए ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?