काठमाडौं । भोलिदेखि काठमाडौंमा सुरु हुने एसिया रग्बी यु २० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता–२०२३ को सम्पूर्ण तयारी पूरा भएको छ ।
नेपाल रग्बी संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एयिसा रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा भोलि भदौ २ र ३ गते हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले एसियन यु २० रग्बी सेभेन्स प्रतियोगितामा एसियाका ७ वटा देशहरु भारत, थाइल्याण्ड, चाइनिज ताइपेई, हङकङ, उज्वेकिस्तान र नपालको सहभागिता रहने जानकारी दिए । महिला रग्बी सभेन्सतर्फ भने नेपाल, थाइल्याण्ड,हङकङ र मलेसियाको सहभागिता रहने जानकारी पनि दिइएको छ ।
महासचिव घिमिरेले भने ‘ प्रतियोगिताको महिलातर्फ एकै पोलमा राउड रोविनको आधारमा खेलाइनेछ भने पुरुषतर्फ दुई पोल ए र बी रहेको छ । दुबै पोलका खेलहरु लिग कम नकआउटको आधारमा खेलाइनेछ,प्रतियोगितामा करिब २ सय जना विदेशी खेलाडी र २५ जना निर्णायक तथा अफिसियलहरु रहनेछन । ’
नेपाली महिला तथा पुरु राष्ट्रिय टोलीले ५० दिनको बन्द प्रशिक्षण पोखरामा सम्पन्न गरी काठमाडौं आइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया