काठमाडौं । लगानीकर्ताहरुको लागि यो साता पनि धितोपत्र बजार खासै सुखद देखिएन । साताको सुरुवाती कारोबार दिन नेप्से सामान्य अंकले बढ्दा लगानीकर्ताहरुको लागि थोरै भएपनि हौसला मिलेको थियो । तर सो पश्चात नेप्से लगातार चौंथो दिनसम्म ओरालो लाग्यो । यसबिचमा पाँचौं दिन नेप्से सामान्य अंंकले बढेको भएपनि कारोबार रकम खासै बढ्न सकेन । यसले गर्दा पनि यो साता लगानीकर्ताहरुको लागि सेयर बजार खासै सुखद हुन सकेन । जसअनुसार नेप्से सातामा दुई हजार ३३ दशमलव १३ अंकमा कायम रहन सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८७ दशमलव ३८ अंकमा कायम भएको छ ।
नेप्सेमा यो साता दुुई सय ८९ वटा कम्पनीहरुको तीन लाख १४ हजार नौं सय छ पटक सेयर किनबेच भएको छ । जसबाट दुई करोड ९५ लाख ८७ हजार दुई सय ३० कित्ता शेयर किनबेच हुुंदा कुल कारोबार रकम १० अर्ब ४८ करोड ८५ लाख ११ हजार चार सय ९६ रुपैंयाँ कायम भएको छ । यो कारोबार रकम गत साताकै हाराहारीमा हो ।
गत साता नेप्सेमा दुुई सय ६९ वटा कम्पनीहरुको तीन लाख १४ हजार नौं सय ११ पटक सेयर किनबेच भएको थियो । जसबाट दुई करोड ४५ लाख २५ हजार नौं सय ६१ कित्ता शेयर किनबेच भएको थियो । सोही किनबेचका आधारमा उक्त साता कुल कारोबार रकम १० अर्ब ८० करोड २६ लाख ४६ हजार चार सय ४९ रुपैंयाँ पुगेको थियो । दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा यो साता नेप्से नियमित कारोबारको लागि पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । सो मध्ये पहिलो र अन्तिम कारोबार दिन बढेको नेप्से दोस्रो, तेस्रो र चौंथो दिन भने घटेको थियो ।
जसमध्ये पहिलो कारोबार दिन १४ दशमलव ८१ अंकले बढेर दुई हजार ८० दशमलव ८६ अंकमा पुग्न सफल भएको नेप्से दोस्रो दिन भने तीन दशमलव ६१ अंकले घटेर दुई हजार ७७ दशमलव २४ अंकमा खुम्चिन पुगेको थियो । तेस्रो दिन पुन ३१ दशमलव ८० अंकले घटेर दुई हजार ४५ दशमलव ४४ अंकमा झरेको नेप्से चौंथो दिन पनि २० दशमलव ३१ अंकले घटेर दुई हजार २५ दशमलव १२ अंकमा सिमित भएको थियो । चौंथो दिन भने नेप्से आठ दशमलव शुन्य एक अंकले बढेर दुई हजार ३३ दशमलव १३ अंकमा कायम रहेको थियो ।
यसैगरी पहिलो दिन तीन दशमलव ९१ अंकले बढेर तीन सय ९८ दशमलव शुन्य सात अंकमा पुग्न सफल भएको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन पनि शुन्य दशमलव शुन्य छ अंकले बढेर तीन सय ९८ दशमलव १३ अंकमा चढ्न पुगेको थियो । तेस्रो भने छ दशमलव २९ अंकले घटेर तीन सय ९१ दशमलव ८४ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पुन पाँच दशमलव ५४ अंकले घटेर तीन सय ८६ दशमलव ३० अंकमा खुम्चिएको थियो । पाँचौं दिन भने सेन्सिटिभ इन्डेक्स एक दशमलव शुन्य आठ अंकले बढेर तीन सय ८७ दशमलव ३८ अंकमा कायम रहन सफल भएको थियो ।
यो साता हिमालयन डिष्ट्रिलरी प्राली, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया