सरकारले ग-यो ६ सचिवको सरुवा, को कहाँ ?

काठमाडौं । सरकारले ६ जना सचिवको सरुवा गरेको छ भने एक जनाको पदस्थापन गरेको छ । 

वाइडबडी जहाज खरिद प्रकरणमा मुछिएका कृष्णप्रसाद देवकोटासहित ६ जना सचिवलाई सरकाले सरुवा गरेको हो । 

सचिव कृष्णप्रसाद देवकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । वाइडबडी जहाज खरिद प्रकरणमा मछिएका देवकोटा यसअघि पर्यटन मन्त्रालयमा थिए । 

युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई पर्यटन मन्त्रालयमा ल्याइएको छ ।

यसैगरी गजेन्द्र ठाकुरलाई खानेपानी मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ भने खानेपानी मन्त्रालयमा दीपेन्द्रनाथ शर्मालाई ल्याइएको छ । शर्मा यसअघि प्रधानमन्त्री कार्यालयमा थिए । 

यसैगरी अर्का सचिव रेश्मीराज पाण्डेलाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ भने रक्षा मन्त्रालयका विष्णुप्रसाद लम्साललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । 

यस्तै सहसचिव सूर्य गौतमलाई सचिवमा बढुवा गरी महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?