प्रशिक्षक कालिन बिहीवार नेपाल आउँदै

काठमाडौं । अखिल नेपाल फुटबल ‘एन्फा’ले नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिन बिहीवार नेपाल आउने बताएको छ । 

एन्फाले कालिनलाई राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि पहिलो पटक नेपाल आउन लागेका हुन् । कालिनले वि.सं २०७० सालमा ‘ए’ डिभिजन क्लब मच्छिन्द्रको मुख्य प्रशिक्षकको काम गरेका थिए । 

एन्फा प्रवक्ता किरण राईका अनुसार प्रशिक्षक कालिन बिहीवार दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा उत्रने कार्यक्रम रहेको जानकारी दिए ।

एन्फाले कालिनलाई २ वर्षका लागि राष्ट्रिय टिम सम्हाल्ने जिम्मेवारी दिएका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?