निर्मला हत्याको दुई सय सात दिन : प्रधानमन्त्रीले भने,‘निर्मलाको हत्यारा पत्ता लगाएर छाड्छु’

कैलाली । मंगलवार कैलालीको धनगढी पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने बताएका छन् । 

बुधवार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्मलाको बलात्कारपछि हत्या गर्नेलाई कानूनको कठघरामा उभ्यार छाड्ने बताउँदै यो घटनाले आफूलाई अत्यन्तै दुःखी बनाएको बताए । 

उनले भने, ‘हाम्री चेलीबेटीको यसरी बलात्कारपछि हत्या हुनु अत्यन्त दर्दनाक कुरा हो । अत्यन्त दुःखद कुरा हो ।

’निर्मलाको हत्यारा पत्ता लगाउने प्रयास जारी रहेको भन्दै उनले भने, ‘सरकारले हत्यारा पत्ता लगाउन थुप्रै अनुसन्धान गरेको छ । तर, कहिले काहीँ अपराधीले प्रमाण छोडेर जाँदैन’ उनले भने, तर, सरकारले हत्यारा पत्ता लगाएरै छोड्छ ।’

निर्मलाको  गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

उनको बलात्कारपछि हत्या भएको आज दुई सय ७ दिन भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?