गाँजालाई कानूनी मान्यता दिन माग, संसदमा जे सुनियो

 नेकपाका सांसद विरोध खतिवडाले नेपालमा गाँजालाई मान्यता दिन माग गरेका छन् ।

आज बसेको  संसदको बैठकमा बोल्दै खतिवडाले अमेरिका, क्यानडा, थाइल्याण्ड जस्ता सम्पन्न देशले गाँजालाई मान्यता दिँदा नेपालमा किन मान्यता नदिएको भनी प्रश्न गरे ।

२०३३ सालमा बनाइएको लागूऔषध नियन्त्रण ऐनसँगै नेपालमा गाँजा प्रतिबन्धित भयो ।

कानुनी रूपमा निषेधित भए पनि अझैसम्म नेपालमा गाँजाखेती लुकिछिपी हुँदै आएको छ । विशेष गरी धादिङ, मकवानपुर, बारा, पर्सा, महोत्तरी, धनुषा, रूपन्देही, रौतहट, सिरहा, सप्तरी, उदयपुरमा व्यावसायिक रूपमा गाँजाखेती भइरहेको छ ।  

‘अमेरिका थाइल्याण्ड क्यानडाले वैधानिक ढंगले  गाँजा बेचबिखन गरिरहेको प्रसंग खोतल्दै उनले प्रश्न गरे ‘सम्पन्न मुलुकहरु प्रतिबन्धित विषयलाई वैध ढाँचा दिएर आम्दानी गर्ने, गरिब मुलुकका चेपाङ र तामाङले जेलमा बिताउनुपर्ने ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?