काठमाडौं । विश्वकप क्रिकेटलाई लिएर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को समस्या कम हुन छाडेको छैन । बीसीसीआईले केही समय अघिमात्रै सुरक्षा निकायको निर्देशनमा विश्वकपको खेल तालिका परिवर्तन गरेको थियो ।
यसैबीच, अहिले हैदराबादबाट बोर्डका लागि नराम्रो खबर आएको छ । हैदरावाद क्रिकेट संघ एचसीएका एक अधिकारीले संगठनात्मक र सुरक्षा कारणहरूले गर्दा दुई दिनमा दुई विश्वकप खेलहरू आयोजना गर्नु उपयुक्त नहुने बताएका छन् ।
उनको यो अभिव्यक्तीपछि एकदिवसीय विश्वकपको तालिका फेरि एकपटक फेरिने देखिन्छ ।
आईसीसीले यस महिनाको सुरुमा नौ खेलको तालिका परिवर्तन गरेको थियो। जसमा भारत र पाकिस्तानबीचको ठूलो खेल पनि समावेश थियो । त्यसको एक दिन अगाडि अक्टोबर १५ मा अहमदाबादमा हुने भारत–पाकिस्तान खेललाई अगाडि बढाउने निर्णय भएको थियो । त्यस्तै, श्रीलंका र पाकिस्तानबीचको खेल यही महिनाको १२ गते १० गते हैदराबादमा गर्ने निर्णय भएको थियो ।
के भने हैदरावाद क्रिकेट संघका अधिकारीले ?
हैदरावाद प्रहरीले लगातार दुई खेलका लागि सुरक्षा दिन आपत्ति जनाएपछि खेल तालिकामा परिवर्तन हुने सम्भावना छ । हैदरावाद क्रिकेट संघका अधिकारीले भनेका छन् ूम यो निश्चित रूपमा परिवर्तन हुनेछ भनेर भन्न सक्दिन, तर लगातार दुई खेल गराउन निकै कठिन रहेकोछ। मेरो मतलब बीसीसीआईले पुनर्विचार गरे राम्रो हुन्छ। हामीले सुरक्षा निकायसँग मिलेर काम गर्नुपर्छ ।
अधिकारीले थप भने, “दुई विश्वकप खेलहरू बीच एक दिनको अन्तर चाहिन्छ। सम्भव छ कि छैन भन्ने विषयमा सुरक्षा निकायसँग छलफल भइरहेको छ ।
पाकिस्तानले सन् २०१६ पछि पहिलो पटक भारतमा टी–२० विश्वकप खेल्दैछ । पाकिस्तानका टोली लामो समय हैदरावादमा बस्नुपर्नेछ । पाकिस्तानले हैदरावादमा दुई अभ्यास खेल पनि खेल्नेछ । पाकिस्तानले त्यसपछि ६ अक्टोबरमा राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा नेदरल्यान्डसँग र त्यसपछि १० अक्टोबरमा श्रीलंकासँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया