पशुपति शर्माको गीतमा पहिलो पटक बोले प्रधानमन्त्री, जनताको नाम लिएर आफ्नै प्रतिक्रिया

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ जनताले मन नपाराएको बताएका छन् । 

बुधवार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले सो गीतबारे पहिलो पटक बोलेका हुन् । उनले भने, ‘शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ जनताले मन पराएका छैन ।’

गायक शर्माको नाम नलिइ प्रधानमन्त्री ओलीले भने, ‘एउटाले भुलचुकले एउटा गीत बनायो अरे, लुट लुट केही काम लाग्दैन, लुटेर खा भाइ लुटेर खा । जनताले मन पराएनन् तिम्रो गीत भनेपछि युट्युबटबाट हटाए रे ।’

गत शुक्रवार सार्वजनिक भएको शर्माको ‘लुट कान्छा लुट’ बोलेको गीत सत्तारुढ नेकपा सम्बद्ध युवा संघले गीत नसच्याए बहिस्कार गर्ने धम्की दिएपछि उनले युट्युब च्यानलबाट सो गीत हटाएका थिए । 

तर, शर्माले सो गीतमाथि प्रतिबन्ध लगाएपछि सरकारको चैतर्फि आलोचना भएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?