तीनपाटन गाउँपालिकाले दलीत समुदायका छोरी र बुहारी निशुल्क पढाउने

लोकपथ
1.8k
Shares

सिन्धुली । जिल्लाको तीनपाटन गाउँपालिकाले दलीत समुदायका छोरी र बुहारीहरुलाई स्नातक र स्नातकोत्तरसम्मको शिक्षा निशुल्क प्रदान गर्ने भएको छ ।

‘सासूको इच्छा, बुुहारीलाई शिक्षा’ भन्ने पालिकाको नीति रहेको थियो । सोही अनुसार गत साउन ३१ गते बसेको कार्यपालिका बैठकले गाउँपालिकाभित्रका ३ वटा सरकारी र सामुदायिक क्याम्पसमा निशुल्क शिक्षाको प्रावधान ल्याएको हो ।

जसअनुसार स्नातक र स्नातकोत्तर तहभन्दा माथि अध्ययन गरिरहेका र अध्ययन गर्न चाहनेहरुका गाउँपालिकाले बजेटमार्फत खर्च व्यहोर्ने प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।

उनका अनुसार बुहारी भए सासु र छोरी भए आमाले भर्नाका लागि लैजानुुपर्नेछ । यदी माथि उल्लेखित बमोजिम महिला अभिभावक परिवारमा नभएमा एकाघरका अन्य महिला नातेदारले समेत लैजान सक्नेछन् ।

त्यस्तै ती अभिावक समेत नभएमा वडाको महिला वडा सदस्यले सिफारिस गरेको आधारमा अध्ययनका लागि लैजानुपर्ने लगायतका व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?