कांग्रेस सांसद उमा रेग्मीले च्यातिन् संसद बैठकमै नियमावली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमा रेग्मीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन नियमावली च्यातेकी छिन् । 

बुधवार बसेको प्रतिनिधिसभा बैठकमा सबै समानुपातिक सांसदको तर्फबाट भन्दै उनले सो नियमावली च्यातिकी हुन् ।

उक्त नियमावलीले निर्वाचन क्षेत्रमा जाने ४ करोड रुपैयाँ विनियोजनमा समानुपातिक सांसदलाई भूमिका नदिएको गुनासो गर्दै उनले संसद बैठकमै नियमावली च्यातिन् ।

‘सबै समानुपातिक सांसदलाई दोस्रो दर्जाको बनाउने नियमावली पाच्य छैन । सरकारले यो नियमावली परिवर्तन गरोस्, एउटै हाउसमा बसेका सांसदको मानमर्दन नगरोस्’ उनले भनिन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?