काठमाडौं, ९ कात्तिक – आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा चुनावी तालमेल र सिटसंख्याबारे भागबण्डा मिलाउन बालुवाटारमा बैठक जारी रहेको छ नेपाली कांग्रेस, राजपा, राप्रपा लगायतको बैठक बालुवाटारमा बसिरहेको हो बैठकमा आगामी चुनावमा लोकतान्त्रिक गठवन्धन निर्माण गर्ने या चुनावी तालमेल मात्रै गर्ने भन्नेमा छलफल हुने बैठकमा सहभागि नेताहरुले बताएका छन् । त्यस्तै दलहरुबीच चुनावको रणनीति र सिटसंख्या बाँडफाँडबारे पनि छलफल हुने संघीय समाजबादी फोरमका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनले कांग्रेससँगको गठबन्धन बन्ने नबन्ने भन्ने पनि आजकै बैठकले टुङगो लगाउने बताए लोकतान्त्रिक गठबन्धनमा आबद्ध भएका भनिएका दलबीच भागबण्डामा सकस पर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया