भारतले सरकारले प्याज निर्यातमा ४० प्रतिशत महसुुल लगाउने भएको छ । भारतमा प्याजको खपत उच्च हुने सन्दर्भमा आन्तरिक मागलाई असर नपरोस् भन्ने हेतुले शनिबार भारतको अर्थ मन्त्रालयले निर्यातलाई नियन्त्रण गर्दै मूल्य घटाउन प्याजको निर्यातमा ४० प्रतिशत कर लगाइएको जनाएको छ ।
भारतको अर्थ मन्त्रालय अन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले भदौ २ देखि पुस १५ सम्म लागु हुने गरी प्याज निर्यातमा महसुल बढाएको हो ।शनिबारदेखि लागु हुने गरी प्याजको निर्यातमा थप ४० प्रतिशत निर्यात महसुल लगाउने घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । जुलाई महिनामा मात्रै भारतमा तरकारी तथा खाद्यान्नको मूल्य १५ महिनायताकै उच्च वृद्धि भएपछि सरकारलाई मूल्य वृद्धि नियन्त्रण गर्न दबाबका बिच प्याजको निर्यात कर उच्च बनाइएको खबर गोरखापत्रमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया