काठमाडौं । यहि शनिवार राष्ट्रिय रिङ्ग रेस्लिङ च्याम्पियनसिप हुने भएको छ ।
नेपाल रिङ रेस्लिङ संघको आयोजनामा हुन लागेको यो च्याम्पियनसिप लैनचौरस्थित टिटि हलमा हुनेछ । च्याम्पियनसिपको विजेताले ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुने खेलाडीले २० हजार तथा तेस्रो हुने खेलाडीले १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा हार्डकोर म्याच सर्वाधिक आकर्षक हुनेछ । फाइनलमा पुग्ने खेलाडीबिच हार्डकोर्र म्याच हुनेछ ।
त्यसैगरि ट्रिपल थ्रिड, सिंगल थ्रिड, ट्रयाग टिमलगायतका म्याचहरु हुने बताइएको छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय रेस्लिङ खेलाडी नुवाकोटे टाइगर, दि युग, डेविट, डाकुर, सानु, रावल, ए्रक्स हिरो, टुप्पि ग्याङ्ग, चटानलगायतको सहभागीता हुने छ ।
त्यसैगरी महिलातर्फ विलाशा, डेनिका, सोफीले प्रतिस्पर्धा गर्ने छन् । रेफ्रीमा कुवेर केसी, प्रदिप पाण्डे, विकास खड्का रहने छन् ।
संघले खेलाडी उत्पादन गर्ने उद्देश्यले एकेडेमीसमेत संचालन गरेको छ । सो प्रतियोगिताका दर्शकका लागि टिकटको मुल्य २ सय तोकिएको छ भने १० बर्ष मुनिका दर्शका लागि १ सय तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया