विश्वकप क्रिकेट छनोट : दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं । ‘आइसीसी’ महिला विश्वकप क्रिकेट अन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ । 

बैंककस्थित एशियन इन्स्टिच्युड अफ टेक्नोलोजी मैदानमा बिहीवार भएको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको हो । १ सय २५ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको नेपालको पारी निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा मात्र ६७ रनमा समेटिएको थियो । 

नेपालका ओपनर ब्याट्सविमेनद्धय काजल श्रेष्ठ र रोमा थापा एक-एक रन जोडेर आउट भइन । इन्दु बर्माले २९ रन, उपकप्तान सिता रानामगरले १८ रन तथा कप्तान रुबिना क्षेत्री मात्र ३ रन बनाएर आउट भइन् । त्यस्तै ममता चौधरीले ५ रन, नेरी थापाले २ रन तथा सरिता मगरले १ रन जोडिन् । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रनको योगफल तयार पारेको थियो । 

थाइल्याण्डका लागि ओपनर ब्याट्स विमेन नट्टाकन छन्ताम मात्र ५ रन बनाएर आउट भइन् । अर्को ओपरन ब्याट्स विमेत नरुमल चाइवाई ३२ रन जोडेर पेभेलियनमा फर्किन । त्यस्तै बोच्छाथामले १२ रन, चानिदा सुथ्थिरुयाङले ३५ तथा लिङप्रासेटले अविजित २८ रन जोडिन ।

नेपालका लागि नेरी थापा र कविता कुवरले समान २-२ विकेट हात पारिन । करुणा भण्डारी र कप्तान रुबिना क्षेत्रीले एक-एक विकेट लिइन् । यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?