बिचल्ली विद्यार्थीहरुलाई तत्काल उद्धार गर्न विवेकशील साझा पार्टीको आग्रह

काठमाडौं । अष्ट्रेलियामा बिचल्ली नेपाली विद्यार्थीबारे विवेकशील साझा पार्टी गम्भीर चिन्ता व्यक्त गरेको छ । 

आज बिहिवार प्रस विज्ञप्ति जारी गर्दौ बिचल्ली विद्यार्थीहरुलाई तत्काल उद्धार गर्नका साथै अष्ट्रेलियन सरकारसंगको समन्वयमा उनीहरुको अध्ययनको प्रवन्ध मिलाउन विवेकशील साझा पार्टी नेपाल सरकारलाई आग्रह गरेको छ ।

विज्ञप्तिमा लेखिएको छ, 'विद्यार्थीहरु यसरी विचल्ली पर्नुको मूल कारण सरकारी निकायको फितलो अनुगमन र लापरवाही हो भन्ने कुरा स्पष्ट छ। एकिन छानविन गरि यस्तो लापरवाहीपूर्ण कार्यका जिम्मेवारहरुलाई कारवाहीको समेत विवेकशील साझा पार्टी माग गर्दछ।'

गुणस्तरीय विश्वविद्यालय स्तरीय शिक्षा नेपालमै उपलब्ध गराउने  अवस्था सृजना गर्न समेत नेपाल सरकारलाई गम्भीरताका साथ आवश्यक नीतिगत पहल गर्न आग्रह गरेको छ । 

 

अष्ट्रेलियामा बिचल्ली नेपाली विद्यार्थी बारे

ठूलो रकम असुल गरी अध्ययनका लागि भनेर अनुमति नै नपाएको कलेजमा पठाईएका १२०० नेपाली विद्यार्थीको अष्ट्रेलियामा बिचल्ली भएको खबर प्रति विवेकशील साझा पार्टी गंभीर चिन्ता व्यक्त गर्दछ।

बिचल्ली विद्यार्थीहरुलाई तत्काल उद्धार गर्नका साथै अष्ट्रेलियन सरकारसंगको समन्वयमा उनीहरुको अध्ययनको प्रवन्ध मिलाउन विवेकशील साझा पार्टी नेपाल सरकारलाई आग्रह गर्दछ। साथै अष्ट्रेलिया स्थित गैर आवासीय नेपाली संगठन लगायतका नेपाली सामाजिक संघ/संस्थाहरुलाई समेत समस्यामा परेका नेपाली विद्यार्थीलाई आवश्यक सहयोग पुर्याईदिनु हुन अनुरोध गर्दछौं।

विद्यार्थीहरु यसरी विचल्ली पर्नुको मूल कारण सरकारी निकायको फितलो अनुगमन र लापरवाही हो भन्ने कुरा स्पष्ट छ। एकिन छानविन गरि यस्तो लापरवाहीपूर्ण कार्यका जिम्मेवारहरुलाई कारवाहीको समेत विवेकशील साझा पार्टी माग गर्दछ।

नेपाली विद्यार्थीहरु विश्वविद्यालयको प्रारम्भिक तहको अध्ययनको लागि घर खेत नै बेचेर महँगा तर औषत गुणस्तरका विदेशी कलेजमा जानु पर्ने वाध्यता अत्यन्तै दुर्भाग्यपूर्ण कुरा हो। अध्ययन गर्नका लागि विदेश जाने नेपाली विद्यार्थीहरु बिचल्ली हुने निरन्तरको समस्या बनेको छ। युवा विद्यार्थीले रोजगारीको सुनिश्चित हुने गुणस्तरीय विश्वविद्यालय स्तरीय शिक्षा नेपालमै पाउन सक्ने अवस्था सृजना गर्न समेत नेपाल सरकारलाई गंभीरताका साथ आवश्यक नीतिगत पहल गर्न आग्रह गर्दछौं।

डा. सूर्यराज आचार्य

प्रवक्ता, विवेकशील साझा पार्टी

मिति: ०९ फागुन, २०७५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?