नेपाल भारत जोड्ने झोलुङ्गे पुल ५ दिनका लागि ४ घण्टा बन्द हुँदै

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा घाटबजारमा रहेको नेपाल भारत जोड्ने झोलुङ्गे  पुल बिहिबार देखी ५ दिनका लागि बन्द हुने भएको छ ।

जिल्ला सदरमुकाममा रहेको नेपाल भारत जोड्ने झोलुङ्गे पुल मर्मत गर्नु पर्ने भएकाले फागुन ९ गते देखि १३ गते सम्म तदअनुसार फेब्रुअरी २१ तारीख देखि २५ तारिख सम्म दिउसोको समयमा पुल बन्द हुने भारतिय पक्षले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार मार्फत जनाएको छ ।

पुलमा प्रयोग भएका फलामे प्लेटहरु जिर्ण बन्दै गएको तथा नयाँ प्लेट फेर्नका लागी दिनमा ४ घण्टा पुलमा आवत जावत बन्द गर्न भारतीय प्रशासनबाट नेपाली प्रशासनलाई पत्राचार भएको हो ।
 
दिउँसोको समयमा पुल निर्माणको काम गर्नुपर्ने भएकोले फागुन ९ गतेदेखी १३ गतेसम्म दिउँसो १ बजेर १५ मिनेटदेखी ४ बजेर १५ मिनेटसम्म पुलमा आवतजावत बन्द हुने नेपाली सुरक्षा अधिकारीहरुले बताएका छन ।

भारतिय समय अनुसार दिउसो १ बजे देखी बेलुकी ४ बजे सम्म पुलमा आवत जावत बन्द गरिए पनि अन्य समयमा भने आवत जावत खुला गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?