माथिल्लो चमेलिया पावर कम्पनीको निर्माण हुने

दार्चुला । सुदूरपश्चिम प्रदेशको दार्चुलामा माथिल्लो चमेलिया पावर कम्पनीको निर्माण गर्नेे भएको छ । 

चमेलिया नदीमा पहिचान भएको आयोजना अपि पावरको सहायक कम्पनी अपि चमेलिया पावर कम्पनीले ४० मेगावाटको निर्माण गर्ने भएको हो । आगामी साताभित्र आयोजना निर्माण कार्य अगाडि बढाउन नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता ‘पिपिए’ हुने कम्पनीले जनाएको छ ।

विद्युत प्राधिकरणले निर्माण गरेको ३० मेगावाटको चमेलियाभन्दा १५ किलोमिटर माथि यो आयोजनाको सिभिल संरचना निर्माण हुने पनि जनाएको छ । यस अघि अपि पावरले ८ मेगावाडको नौगाड आयोजनाबाट विद्युत उत्पादन शुरु गर्ने तयारी गरेको छ । 

स्वदेशी लगानीमा निर्माण हुन लागेको यो आयोजनामा बैंक तथा वित्तीय संस्थाको ऋण र स्वपुँजी गरी ६ अर्ब ४० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?