नबिल बैंकको वार्षिक साधारण सभा फागुन २७ गते

काठमाडौं । नबिल बैंकले यहि फागुन २७ गते ३४ औँ वार्षिक साधारण सभाको लागि डोकेको छ । 

साथै बैंकले आह्वान गरेको ३४ औं वार्षिक साधारण सभाका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति समेत तोकेको छ। फागुन ५ गते सम्पन्न भएको बैंक सञ्चालक समितिको बैंठकले फागुन १४ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो ।

जसअनुसार यहि १३ गतेसम्म शेयर कारोबार भई कायम शेयरधनी मात्र लाभांशको लागि योग्य हुनेछन् । हिजो ‘बुधवार बैंकको शेयर प्रतिकित्ता ७ सय ८९ रुपैयाँमा कारोबार भएको थियो । बैंकको ३४ औं वार्षिक साधारण सभा यहि २७ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान साढे ११ बजे बस्ने जनाएको छ । 

सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरिको २२ प्रतिशत नगद तथा १२ प्रतिशत बोनस सहित कूल ३४ प्रतिशत लाभांश पारित गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?