किरण नगदसहित सम्मानित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेन्जोङलाई नगद रुपैयाँ सहित सम्मानित भएका छन् । 

उनलाई बिहीवार सहारा क्लबले नगद ३५ हजार रुपैयाँसहित सम्मान गरेको हो । 

सहारा क्लबले वर्षभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गर्दै आएका खेलाडीलाई सम्मान गर्दै आइरहेको छ । यसपटक भने यो क्लबले फुटबलका प्रतिभाशाली खेलाडी चेम्जोङलाई सम्मान गरेको हो । गत वर्ष स्ट्राइकर भरत खवासलाई सम्मान गरिएको थियो ।

पछिल्लो सिजन माल्दिभ्सको टिसी स्पोर्टस् क्लबबाट खेलेका उनको उक्त क्लबलाई टिम लिग च्याम्पियन समेत बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?