प्रभु लाईफ इन्स्योरेन्स र कामना विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ । 

इन्स्योरेन्स कम्पनीले बैंकले बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । यो सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा प्रभु लाईफ इन्स्योरेन्सको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।

सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने कामना सेवा विकास बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र प्रभु लाईफका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

बैंकको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको छ । उक्त बैंकले देशका विभिन्न स्थानमा रहेको ६४ वटा शाखा तथा १७ वटा एटीएम सेवा प्रदान गर्दै आइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?