धितोपत्र बोर्डका अध्यक्ष कार्कीको राजीनामाको माग गर्दै ब्रोकरहरु आन्दोलनमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीको राजीनामाको माग गर्दे शेयर दलाल व्यवसायीहरुले धितोपत्र बोर्ड घेराउ गरेका छन्। 

शेयर दलाल व्यवसायीहरुले बिहीवार बोर्ड अध्यक्ष कार्कीको उदण्ड व्यवहारले ब्रोकरहरु अपमानित भएको आरोप लगाउँदै धितोपत्र बोर्ड घेराउ गरेका हुन् । गत मंगलवारको संघिय संसदीको अर्थ समितिको बैंठकमा अध्यक्ष कार्कीले ब्रोकर संघका अध्यक्ष भरत रानभाटलाई अपमानित व्यवहार गरेको भन्दै ब्रोकरहरुले बोर्ड घेराउ गरेका हुन् । 

धितोपत्र बोर्डका अध्यक्ष कार्कीले ब्रोकर र ब्रोकरहरुको व्यवसायलाई आलोचित गरेको प्रति ब्रोकरहरुले आपत्ति जनाएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?