काठमाडौं । अभिनेता दयाहाङ राईको सुपरहिट चलचित्र ‘कबड्डी’को तेस्रो सिक्वेलमा अभिनेता प्रदीप खड्काको प्रवेश हुने भएको छ ।
निर्देशक रामबाबु गुरुङको निर्देशन रहेको कबड्डी र कबड्डी २ दुवै हिट भएका थिए ।
व्यावसायिक हिसाबले पनि सफल रहेको चलचित्रको तेस्रो भागमा प्रदीप तय भएका हुन् । चलचित्रमा दयाहाङ भने यथावत् नै रहनेछन् । नायक खड्काले यसअघि निश्चल बस्नेत र सौगात मल्लले निर्वाहा गरेको जस्तै भूमिका निर्वाहा गर्नेछन् ।
चलचित्रको लागी प्रदीपसँग निर्माण पक्षको मौखिक सम्भौता भएता पनि लिखित सम्झौता भने भएको छैन । चलचित्रका निर्देशक रामबाबु चलचित्रका कुनै कलाकारसँग लिखित सम्भौता नभएको कारण प्रदीप पक्का भइसकेका भन्न नमिल्ने बताउँछन् ।
कबड्डी ३ को छायाङ्कन भने जेठको पहिलो साताबाट सुरु हुने छ । यही चैत्र १५ गते रामबाबु निर्देशित साइँली रिलिज भएसँगै कबड्डी ३को काम शुरु हुने निर्माण पक्षले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया