गायक खरेलको ‘स्वाभिमानी बनी हामी’ सार्वजनिक

काठमाडौं । गायक प्रमोद खरेलको ‘स्वाभिमानी बनी हामी’ बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक भएको छ । 

गायक खरेलकै स्वरमा रहेको सो गीतको भिडियो यूट्यु मार्फत् रिलिज गरिएको हो । 

पुजा मारियाको एल्बम ‘जिवन साथी’ मा संग्रहित राष्ट्रिय गीतले हरेक नेपालीलाई स्वाभिमानी बन्न आग्रह गरेको छ । 

गीतको भिडियोमा सुजन दाहालले शिर्ष भूमिकामा रहेको छ भने उनलाई राधा नेपाल, सुसान्त रिजाल, रिजन ढकाल, संजय मेहता, अनिस दाहाल, जय कामत र टिका शिवाकोटी लगायतका कलाकारले साथ दिएका छन् ।  

स्टार एडभर्ट प्रा. लि. विराटनगरले बजारमा ल्याएको उक्त गीतलाई राम सिटौलाले संगीत भरेका छन् भने प्रतिक श्रेष्ठले निर्देशन गरेका हुन् । सो गीतको छायाँकन जय कामतले गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?