जलजला परियारको ‘भाग्य यस्तै…’

काठमाडौं । गायिका जलजला परियारको ‘भाग्य यस्तै…’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

चर्चित संगीत रियालिटी शो ‘नेपाली तारा’ को सिजन–३ बाट एकाएक चर्चामा आएकी गायिका परियारले आफ्नो नयाँ गीत सार्वजनिक गरेकि हुन् ।

जलजलासँगै क्रिस पिकेको स्वर रहेको उक्त गीतले बाध्यताले विदेशिने नेपाली युवाको कथामा आधारीत छ । 

प्रमोद जोशीको शब्द रहेको गीतलाई चर्चित गायक तथा संगितकार विशाल निरौलाले म्यूजिक र एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा लोकदोहोरी क्षेत्रकी मोडल अञ्जली अधिकारी र कुमार श्रीले अभिनय गरेका छन् । 

काठमाडौं आसपासका क्षेत्रमा खिचिएको भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?