मेडिकल कलेज सम्बन्धि सरकारको यस्तो निर्णय

काठमाडौं । सरकारले मेडिकल कलेज स्थापनाको लागि दरबन्दी र अस्थायी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

सरकारले ३ वटा मेडिकल कलेज स्थापनाका लागि सो निर्णय गरेको हो ।

मन्त्रीपरिषद्को बैठकले महोत्तरीको बर्दिवास, रुपन्देहीको बुटवल र सुर्खेतमा सरकारी मेडिकल कलेज स्थापना गर्न ९ जनाको दरबन्दी कायम गर्ने र अहिलेलाई १० करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जनाकारी दिए । 

यस्तै कोशी अञ्चल अस्पताल मोरङ, नारायणी उपक्षेत्रीय अस्पताल विरगंज, भरतपुर अस्पताल चितवन, भेरी अञ्चल अस्पताल नेपालगञ्ज र डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई संघीय सरकार माताहत ल्याएर विशेषज्ञ सेवा सहितको अस्पताल बनाउने पनि सरकारले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?