कांग्रेसका नेता कार्यकर्ताबिच हात हालाहाल, उप सभापति र सहमहामन्त्री यसरी खनिए (भिडियोसहित)

काठमाडौँ-  नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा धर्ना बसेका  नेविसंघका कार्यकर्ता र पार्टीका नेताहरुबिच झडप भएको छ । 

नेविसंघको विधानमा रहेको ३२ वर्ष उमेर हद कार्यान्वयन गर्न तथा विधान संशोधन गर्दै देशभरको स्ववियू सभापति ईकाई अध्यक्ष लाई केन्द्रिय प्रतिनीधि हुने प्रावधान राख्न माग गर्दै धर्ना बसेका नेविसंघका कार्यकर्तालाई कांग्रेस नेताले लछारपछार गर्न खोजेपछि हात हालाहालको स्थिती आएको हो ।  

झडपमा परी धर्नामा रहेका विद्यार्थी नेता पवन थापा, जीवन सुवेदी, सुल्ताङ मियाँलाई विमलेन्द्र निधीका सुरक्षाकर्मीले अभद्र व्यवहार गरेपछि आक्रोशित बनेका विद्यार्थीको समुहले नाराबाजी गरिरहेकै स्थानमा पुगी नेता विमलेन्द्र नीधिले धर्नामा रहेको विद्यार्थीमाथी हात हालेको बिद्यार्थी नेता निरन्जन थापाले बताए । त्यस्तै सह महामन्त्री प्रकाश शरण महतले बिद्यार्थी नेता निरन्जन थापालाई बोलाएर कार्बाही गर्ने धम्की दिएको निर्वतमान केन्द्रिय सदस्य नमराज त्रिपाठीले जानकारी दिए । 

झडपको विषयमा डा. महतसँग सम्पर्क गरेर गर्दा हात हालाहालको स्थिती नभएको र विधान अनुसार नै पार्टी चल्लने कुरामा ढुक्क हुन आग्रह गरे । उनले भने, ‘हल्लाको पछाडी नकुद्नुस् ।

झडपको विषयमा डा. महतसँग सम्पर्क गरेर गर्दा हात हालाहालको स्थिती नभएको र विधान अनुसार नै पार्टी चल्लने कुरामा ढुक्क हुन आग्रह गरे । उनले भने, ‘हल्लाको पछाडी नकुद्नुस् ।’

 

नेविसंघका अध्यक्ष नैनसिंह महरले दुईवर्षे कार्यकाल र त्यसपछि थपिएको ५ महिने कार्यकालमा समेत अधिवेशन गराउन नसकेपछि केहीदिनअघि राजिनामा दिएका थिए । महरको राजिनामासँगै नेविसंघमा तदर्थ समिति आउने निश्चित छ । नेविसंघमा ३२ वर्षे उमेरहद लागू हुनेभनी पार्टी केन्द्रिय समितिले निर्णय गरेपनि तदर्थ समिति ३२ माथीको आउनसक्ने चर्चासँगै नेविसंघमा तिब्र धुर्विकरण बढेको छ । 

केहीदिनदेखी ३२ वर्ष मुनीको तदर्थ समिति ल्याउनुपर्ने मागसहित नेविसंघका नेता कार्यकर्ता पार्टी केन्द्रिय कार्यालयमा धर्नामा रहेका थिए । आफ्नो मागबारे नेतालाई राम्रो जानकारी होस् भनी नेविसंघका नेता कार्यकर्ताले उपसभापति विमलेन्द्र निधिलाई घेरेको भिडियोमा स्पष्ट देखिन्छ । उनको सुरक्षाकर्मीले भिडलाई पन्छाउदै निधिलाई पाटी कार्यालयको मुलगेटमा पुर्याउछन् । त्यसपछि सुरक्षाकर्मीको घेरामा बसेर उपसभापति निधि र सहमहामन्त्री प्रकाशरण सहत नेविसंघ कार्यकर्तामाथी प्रतिवादनमा लागेको भिडियोमा देखिन्छ । 

विधानअनुरुप पार्टी चल्नुपर्छ भन्ने माग राख्दै आएका विद्यार्थीहरुमाथी नेताहरु नै जाईलाग्नु निन्दनिय भएको र विधानअनुसार पार्टी  नचलेसम्म धर्ना जारी रहने निवर्तमान केन्द्रीय सदस्य शुसिल भट्टले बताए ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?