आठौँ राष्ट्रिय खेलकुद प्रदेश २ छनोट : महिला फुटबल टोली चयन

काठमाडौं । आठौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश २ को महिला फुटबल टोलीको चयन गरिएको छ । 

रौतहट र पर्साबाट समान ७–७, बाराबाट २ तथा धनुषा र सर्लाहीबाट समान १–१ खेलाडी गरी १८ सदस्यीय टोलीको चयन गरिएको छनोट आयोजक मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

रौतहटबाट सुजिता लामा, विनिता ठोकर, रजनी ठोकर, दिलकुमारी राना मगर, मेनुका नगरकोटी, सजनी ठोकर र सरु वाइबा, पर्साबाट सपना बस्नेत, रोशनी लिम्बू, एलिना राना मगर, सुनिताकुमारी तामाङ, शान्तीमाया गुम्बा, सानु मैनाली र इशा थापा मगर, बाराबाट विमनिभा तामाङ र प्रियंका गुरुङ, धनुषाबाट उमा गुरुङ तथा सर्लाहीबाट रोशनी श्रेष्ठ रहेका छन् ।

त्यस्तै यता प्रदेश ३ का एथलेटिक्स खेलाडी पनि छनोट भएका छन् । १५ पुरुष र १२ महिला गरी २७ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषदका कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।

पुरुषमा ललितपुरका खिलबहादुर कार्की, मकवानपुरका छिरिङ लामा थिङ, चितवनका अमृत, सिन्धुलीका सुवास थापा, काठमाडौंका धर्म महर्जन, ललितपुरका विकास ठकुरी, चितवनका भुवन महतो, चितवनकै ललित रावत, काभ्रेपलाञ्चोकका दीपक गुरुङ, चितवनका जन्नुराम चौधरी, मकवानपुरका सन्तराम माझी, भक्तपुरका ईश्वरचन्द्र बस्नेत, सिन्धुलीका देवबहादुर खड्का, नुवाकोटका सनम राई र चितवनका पिताम्बर महतो रहेका छन् ।

महिलामा नुवाकोटकी रन्जिता राई, भक्तपुरकी स्वागाता खाइजु, नुवाकोटकी पूजा राई, ललितपुरकी काजल विष्ट, काठमाडौंकी सन्तोषी श्रेष्ठ, काठमाडौंकी मेलिना श्रेष्ठ, मकवानपुरकी सर्मिला श्रेष्ठ, नुवाकोटीकी जनम ओस्ती, काभ्रेपलाञ्चोककी स्मृति श्रेष्ठ, भक्तपुरकी श्रयस्का सिल्पकार, काठमाडौंकी सरु खवास र चितवनकी सजिना लामिछाने छन् ।

त्यस्तै प्रदेश ७ को छनोट प्रतियोगिताको महिला कबड्डीमा कञ्चनपुर पहिलो भएको छ ।

कञ्चनपुरको पुर्नावासमा भएको फाइनलमा कञ्चनपुरले दार्चुलालाई ६९–२३ ले पराजित ग-यो । बाजुरा र कैलाली संयुक्त रुपमा तेश्रो भए । शुक्रवारदेखि पुरुष कबड्डी सुरु हुने कबड्डी प्रमुख प्रशिक्षक तारासिंह भाटले जनाएका छन् । 

शुक्रवार नै फुल कन्ट्याक्ट कराते, पुरुष बास्केटबल र महिला फुटबलको छनोट पनि हुने आयोजक सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखा अधिकृत धर्मराज ओझाले जनाएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?