‘रुमालै छ चिनो’ आजबाट प्रदर्शनमा

काठमाडौं । वीर गोर्खालीको कथामा तयार परिएको चलचित्र ‘रुमालै छ चिनो’ आजबाट प्रदर्शनमा आएको छ । 

दिनेश सिंह ठकुरीद्वारा निर्देशित चलचित्र ‘रुमालै छ चिनो’ को कथा गायक रेशम थापाले लेखेका हुन् भने पटकथा दिनेश ठकरीको छ । 

ज्योति फिल्म्सको ब्यानरमा निर्माण गरिएको यो चलचित्र चन्द्रबहादुर खड्का, दीपक ढकाल तथा रामप्रसाद पाण्डेले संयुक्त रूपमा निर्माण गरेका हुन् । 

निर्माण पक्षका अनुसार यो चलचित्र काँठ क्षेत्रका गायक रेशम थापाको लोकदोहोरी रुमालै छ चिनोबाट शीर्षक सापटी लिएर तयार पारिएको जनाएको छ । 

चलचित्रमा किशोर खतिवडा, सञ्चिता लुइँटेल, सुशान्त कार्की, रश्मी भट्ट, मिथिला शर्मा, सुरवीर पण्डित, सन्ध्या खड्का आदि कलाकारको मुख्य अभिनय देख्न सकिन्छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?