महिला विश्वकप क्रिकेट छनोट : युएईद्वारा नेपालसामु ४२ रनको झिनो लक्ष्य प्रस्तुत

काठमाडौं । ‘आईसीसी’ महिला विश्वकप क्रिकेट छनोट अन्तर्गत संयुक्त अरब इमिरेट्स ‘युएई’ले नेपालसामु ४२ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।

ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १७ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४१ रनको योगफल तयार पारेको थियो ।  

युएईका ओपनर ब्याट्स विमेन इशा रोहितले २ रन, छाया मुग्हल ३ रन तथा काभिशा इगोडेजले मात्र ४ रन बनाएर आउट भइन् । त्यस्तै कप्तान हुमाइरा तास्निम मात्र १ रनमा पेभेलियनमा फर्किन । चामनी सेनेभिरत्नले सबैभन्दा बढी १३ रन जोडिन् ।

युएईको पारी ध्वस्त पार्ने क्रममा नेपालकी नेरी थापाले सर्वाधिक ४ विकेट लिइन् । उपकप्तान सिता रानामगर, कविता कुवर र सोनु खड्काले समान २-२ विकेट लिएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?